२०७७ असार २२ सोमबार १२ : २२ : ४०
Banner Top Ads

काठमाडौं छाड्नेको लर्को

२०७७ बैशाख १० बुधबार
काठमाडौं छाड्नेको लर्को

सरकारले देशभर लकडाउन गरेसँगै काठमाडौंमा समस्यामा परेका मजदुरलगायत मानिसहरू हिँडेरै घर जाने क्रम बढेको थियो। सवारीसाधनको व्यवस्था नहुँदा धेरै मानिस ६-७ दिनसम्म लगातार पैदल हिँडेर घर पुगे। यसरी नागरिकले बेहोर्नुपरेको सास्तीप्रति सरकारले बेवास्ता गरेको भन्दै सर्वत्र आलोचना भएपछि स्थानीय तहसँगको समन्वयमा घर जान दिन सरकार लचिलो बन्यो।

त्यसपछि स्थानीय तहहरू आफैंले सवारीसाधनको व्यवस्था गरेर काठमाडौंमा अलपत्र परेका तथा काठमाडौंबाट जान चाहनेलाई लैजान थालेका छन्। उपत्यकाबाट बाहिरिने मुख्य नाकाहरूमा अहिले घर फर्कनेको सङ्ख्या उल्लेख्य देखिन्छ। हिजो (मंगलबार) कोटेश्वर, जडीबुटी क्षेत्रमा देखिएका केही तस्बिर यहाँ प्रस्तुत गरिएको छ।