२०७७ श्रावाण १९ सोमबार १२ : २२ : ४०
Banner Top Ads
Banner Buttom Ads
...

आर्यघाटमा जलाउन लागेको बाबुको शवसहित छोरा पक्राउ

१९ साउन, काठमाडौं । प्रहरीले पशुपती आर्यघाटबाट जलाउन लागिएको शव सहित एक युवकलाई हत्या आरोपमा पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरले गोदावरी नगरपालिका छम्पी—९ का २९ बर्षिय सन्तोष नेपालीलाई आफ्नै बावुको हत्या गरेको आरोपमा जलाउन लागेको उनको बावुको शव सहित नियन्त्रण लिएको हो । आफ्नो बुवाको कुटपिटपछि हत्या गरी आर्यघाटमा लगेर हतार हतार दाहसंस्कारको तयारी गरिएका सन्तोषलाई प्रहरीले घाटबाटै नियन्त्रणमा लिएको हो । गोदावरी नगरपालिका–छम्पी ९ का ५० वर्षीय रामकृष्ण नेपालीको हत्या भएको आशंकामा उनको शव सहित उनको छोरा सन्तोषलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर प्रमुख टेक प्रसाद राइले बताउनुभयो । आरोपी...

...

संघीय संसदअन्तर्गत राष्ट्रिसभाका विषयगत समितिका सभापतिहरुको चुनाव २३ गते हुने

१९ साउन, काठमाडौं । संघीय संसदअन्तर्गत राष्ट्रिसभाका विषयगत समितिका सभापतिहरुको चुनाव यही साउन २३ गते हुने भएको छ। चुनावका लागि २२ गते बिहीबार बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारको प्रस्ताव दर्ता गर्ने तालिका तय गरिएको छ। त्यस्तै २२ गते नै दिउँसो साढे ४ बजे निर्धारित समयभित्र दर्ता भएका प्रस्तावको सूची प्रकाशन गर्ने कार्यक्रम तोकिएको छ। २३ गते दिउँसो १ बजेदेखि सम्बन्धित समितिको बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्ने, समर्थकले समर्थन गर्ने र उक्त प्रस्तावहरु निर्णयार्थ प्रस्तुत गर्ने तालिका रहेको राष्ट्रिसभाका सचिव राजेन्द्र फुयालले जनाएका छन्।

...

आइतबार घटेको सेयर बजार सोमबार सकारात्मक

१९ साउन, काठमाडौं । आइतबार घटेको सेयर बजार आज सकारात्मक देखिएको छ । आज नेप्से हरियो बन्दा कारोबार रकमले समेत साथ दिएको छ । पछिल्लो समय राम्रा कम्पनीको सेयर मूल्यसमेत सस्तिएकाले विस्तारै लगानीकर्ता बजारतर्फ आकर्षित हुँदै जाने अनुमान विश्लेषकले गरेका छन् । आज नेप्से परिसूचक ७.५९ अंकले बढेर...

...

आज जनैपूर्णिमा तथा रक्षा बन्धन मनाइँदै , यस्ताे छ धार्मिक एवं वैज्ञानिक महत्व

१९ साउन, काठमाडौं । हिन्दु धर्मालम्बीले आज जनैपूर्णिमा तथा रक्षा बन्धन पर्व मनाएका छन् । प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका अवसरमा जनैपूर्णिमा पर्व मनाउने प्रचलन रहिआएको छ । याे वर्ष भने विश्वभर फैलिएको कोरोना संक्रमणको प्रभाव जनैपूर्णिमा पर्वमा पनि परेको छ । हिन्दुहरूकाे सबैभन्दा ठूलाे मन्दिर पशुपतिनाथ बन्द रहे पनि भक्तजनहरुले बाहिरबाटै दर्शन गरेर छन् ।गत चैत ११ गतेदेखि गरेकाे बन्दाबन्दी साउन ६ गतेबाट खुले पनि देशका मुख्यमुख्य मन्दिर, शैक्षिक संस्थालगायत कार्यालय अझैसम्म पनि बन्द नै छ । यस दिन सनातन...

Dristant Bises Buttom Ads
...

सोमबार काठमाडौं उपत्यकामा ५१ जनामा कोरोना संक्रमण

१९ साउन, काठमाडौं । सोमबार काठमाडौं उपत्यकाका ५२ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये काठमाडौंका ४४, ललितपुरका ३ र भक्तपुरका ५ जना छन्। उनीहरूको उपत्यकाका प्रयोगशालाहरूमा परीक्षण गरिएको हो। आइतबार उपत्यकामा ३१ जना व्यक्तिमा संक्रमण देखिएको थियो । आज देशभर भने ४ सय १८ जना...

एफए कपको उपाधि अर्सनललाई, चेल्सी २-१ ले पराजित

१८ साउन, काठमाडौं । आर्सनलले एफए कपको उपाधि कब्जा गरेको छ । गएराति भएको फाइनल खेलमा चेल्सीलाई २-१ ले हराउदै उपाधि कब्जा गरेको हो । निकै प्रतिस्पर्धात्मक बनेको खेलको सुरुवाती अग्रता भने चेल्सीले लिएको...

...
Khelkud Buttom Ads